‘अर्को निर्वाचनमा वाचा हैन, विकासको ग्राफ लिएर जान्छौं’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाइने बताउनुभएको छ ।

मन्त्री भट्टराईलेले आइतबार साँझ नेपाल पर्यटक यातायात व्यवसायी संघको १६ औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै यातायात क्षेत्रमा अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताउनुभएको हो ।

मन्त्रीभट्टराईले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र  पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पुर्यारउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषदबाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका पर्यटनमन्त्री भट्टराईले प्रतिपक्षी दलले सरकारको आलोचना मात्र हैन आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  मन्त्री भट्टराईले सरकार गठन भएको १८ महिनानामा समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि ५ वर्ष कुर्नुपर्ने बताउनुभयो ।

‘अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौँ, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौं’ उहाँले भन्नुभयो, ‘ अहिले सरकारको १८ महिनामा राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक वृद्धिदरले उच्च रुपमा वृद्धि भएको छ । अन्य क्षेत्रमा सकारात्मक परिवर्तनका सूचक देखिएका छन् बरु वादविवादभन्दा पनि परिवर्तित व्यवस्थाको संस्थागत र समृद्धिको यात्रालाई सहकार्यका साथ अघि बढाउनु अपरिहार्य छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?