भाटे पुल जिर्ण, सीमापारमा समस्या

विद्यानन्द राम
सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित दशगज्जा क्षेत्रमा रहेको भाटे पुलको अवस्था जिर्ण हुँदा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको छ ।

झण्डै ६ दशकदेखि नेपाल–भारतको व्यापारीक, पारिवारिक र मैत्री सम्बन्ध धान्दै आएको पुललाई पक्की बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको हो ।

दशगज्जा हुँदै बग्ने खाँडो नदी वारपार गर्न कुनैबेला सप्तरीको तिलाठी र आसपासका मनिसले डुङ्गाको प्रयोग गर्थे । नदी वारपार गर्न सहज हुने मनसायले छ दशकअघि जमिन्दारहरुको सहयोगमा स्थानीय जोखन रायले नदीमा भाटे पुल बनाए ।

जोखनको निधनपछि छोरा छेदीले बाबुको बिँडो थामे । वर्षा याममा पुलको पुनर्निर्माण गर्ने र वारपार गर्नेहरुबाट पाएको अन्न र पैसाले परिवार पाल्दै आएका छेदीको पनि केही वर्षअघि निधन भयो । छेदीका छोरा रामचन्द्रले पुर्खौली कामलाई निरन्तरता दिएपनि अस्वस्थताका कारण रामचन्द्रले मर्मत गर्न नसक्दा पुलको अवस्था जिर्ण हुँदै गएको छ ।

दुवै देशको सीमानामा रहेको यो पुल भएर दैनिक ५/७ सय मानिस वारपार गर्ने गरेपनि पुललाई पक्की बनाउनेतर्फ सरकारले पहल नगर्दा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण जोखिमपूर्ण बनेको छ । समान भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कारण दुवै देशका नागरिकका बीचमा पारिवारिक सम्बन्ध छ । तर, त्यो सम्बन्ध धान्नका लागि सरकारले हालसम्म एउटा पुल पनि बनाउन नसकेको भन्दै दुवैतर्फका स्थानीयहरु गुनासो गर्छन् ।

सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगर, कल्याणपुर, रुपनीसहित अधिकांश क्षेत्रका मानिस बजार भर्नकै लागि कुनौली जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…