नारायण थापाभक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकासको नाममा सभ्यता र संस्कृतिको विनाश भएको बताउनुभएको छ । उहाँले जनप्रतिनिधि र सरकारी निकायलाई परापूर्वकालदेखिको हाम्रो धरोहर र सम्पत्तिहरु विनाश हुने गरी काम नगर्न अनुरोध गर्नुभएको छ ।
भक्तपुरको सूर्र्यिवनायक नगरपालिका–४ स्थित ऐतिहासिक अनन्तलिङ्गेश्वर महादेव मन्दिरको सोमबार पुनःनिर्माण कार्य सम्पन्न भएको उपलक्ष्यमा रक्षामन्त्री पोखरेलले मन्दिर र झोलुङ्गे पुलको उद्घाटन गर्नुहुँदै सभ्यता र संस्कृतिको प्रारम्भ भएको यो देशमा मानव जातीले आफ्नो सभ्यता शुरु गरेको, संस्कृतिको प्रारम्भ गरेको महत्वपूर्ण थलो भएको बताउनुभयो । हिजोका पूर्वजहरुले निर्माण गरेको अवशेषहरु अहिले पनि बाँकी भएको बताउनुहुदैं यसको संरक्षण हामी आफैले गर्नुपर्ने बताउनुभयो । उहाँले धर्मले नै मानिसको आस्था प्रकट गर्ने बताउँदै यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा रक्षमन्त्री पोखरेलले यसको संरक्षणका लागि जनताको साथ र समर्थनले मात्र सम्भव हुन सक्ने बताउँदै यसको प्रवर्द्धनका लागि हामी सबै मिलेर काम गरेमा सधै भरी सम्पदा रहिरहने बताउनुभयो । राजनीतिमा मात्र प्रतिस्पर्धा हुने बताउँदै विकास निर्माणका काममा हातेमालो र समन्वय हुनुपर्ने कुरामा जोड दिनुभयो । हरेक विकासको काममा कम्युनिष्ट मात्र नभएर कांग्रेस, राप्रपा सबै पार्टीहरु एकजुट भएर अघि बढेमा मात्र विकास सम्भव हुने बताउनुभयो ।
मन्दिरको निर्माण कार्यमा प्रतिस्पर्धा गररे बिगार्ने होइन सबै मिलेर यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउँदै एउटा सरकारी निकायको कामलाई अर्को सरकारी निकायको जुन हस्तक्षेप हुँदै आएको छ, यो थितिको अन्त्य अब हुने उहाँले बताउनुभयो । संरचनाहरुको पूनर्निर्माणको काम हुँदै गरेको बताउँदै विशेष नीतिहरु बनाउँदै संविधानले भने अनुसार तीन तहका सरकारले आ–आफ्नो ठाँउमा भनेको कुराहरु पुरा गरिरहेको उहाँले बताउनुभयो । केही काम अप्ठ्यारा भए तापनि त्यस्ता कामहरु छिट्टै समाधान हुने आवश्यक कानुनको निर्माण, संरचना निर्माण र नीति निर्माण गरी अब जनताको सेवा गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुर सम्पदाहरुको महत्वपूर्ण ठाँउ भएको बताउँदै अनन्तलिङ्गगेश्वरको डाँडाबाट उपत्यकाको तिनै शहर देख्न सकिने हिमालका २२ वटा हिम शृङ्खला देख्न सकिने यो ठाँउलाई धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएको बताउँदै यो अनन्तलिङ्गगेश्वर महादेव मन्दिरलाई त्रिनेन्त्र आध्यात्मिक केन्द्रले यो मन्दिरलाई वृन्दावन बनाउन उद्घोष गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोखरेल, जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल र पूर्व सांसद केदार सञ्जेल लगायतले पुरातात्विक संम्पदाको संरक्षण र सम्वद्र्धनमा हामी सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो । कार्यक्रममा विकासको कार्य महत्वपूर्ण भुमिका निर्वाह गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
मन्दिरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत एक करोड ६४ लाखको लागतमा पुरातत्व विभागले पुनर्निर्माण गरेको हो । यसैगरी मन्दिरको दुई तहको तामाको छानो ४४ लाख गरी २ करोड ८ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।
झोलुङ्गे पुल भने २५ लाख १५ हजार ५ सय २८ रुपौयाँको लागतमा निर्माण भएको थियो भने मन्दिर करिब दुई करोड सात लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।