जनताकाे सेवा गर्नुकाे विकल्प छैन

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्विकार्य नहुने चेतावनी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा साेमबार आयोजित सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति सभामा बोल्दै उहाँले हाम्रा आफ्नै केही कमिकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढ्ने पनि स्पष्ट पार्नुभयो । ‘कुनै पनि खालको निरंकुशता हामीलाई स्विकार्य छैन, नेपाली जनतालाई पनि त्यस खालको निरंकुशता स्विकार्य हुनेछैन, अध्यक्ष दाहालको भनाई थियो, ‘इतिहासको चक्कालाई पछाडि धकेल्ने र हजारौं जनयुद्ध र जनआन्दोलनका शहीद र लाखौं जनताको त्यागबाट प्राप्त गणतन्त्र र संघीय लोकतन्त्रलाई उल्याउटे कुुरा कुनै पनि हालत दिन सकिने छैन ।’

अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशिला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेतालाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीले फेरी जीवित मान्छेलाई दुःख दिने प्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । दाहालले कहिलेकाँही सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा स्याललाई सिंहसँग तुलना गर्न नहुने पनि बताउनुभयाे ।

अध्यक्ष दाहालले पार्टी र सरकारका काममा केही कमजोर भएको हुनसक्ने उल्लेख गर्दै सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।