काठमाडौंमा विद्युतीय बस सञ्चालन

काठमाडौं । उपत्यकामा सोमबारदेखि दुई वटा विद्युतीय बससेवा सञ्चालनमा आएको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लव कार्यालय परिसरबाट बस सेवाको शुभारम्भ गर्नुभएको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट नेपालका पहिलो पटक भित्र्याएको विद्युतीय बस काठमाडौंको चक्रपथमा संचालन हुने रुट परमिट लिइएको छ । एयरपोर्टलाई गन्तव्य बनाएर आन्तरिक र पहिले ट्रली बस संचालन भएको भक्तपुरको सूर्यविनायकसम्म बस संचालनमा ल्याउनका लागि सरकारसँग रुट परमिटको लागि निवेदन दिइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।
बसको भाडा अन्य सवारी साधनको भन्दा २० प्रतिशत कम निर्धारण गरिएको छ ।

अध्यक्ष थापाले सरकारले सार्वजनिक यातायातलाई तोकेको भाडाभन्दा २० प्रतिशत कम हुने गरी विद्युतीय बसको भाडादर तोकिएको बताउनुभयो । काठमाडौंमा हुने वायू र ध्वनी दुवै प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ यातायात सेवा संचालनमा ल्याइएको हो ।

सुन्दर यातायातले थप ११ वटा बस चीनबाट झिकाउने योजना बनाएको बताइएको छ । अध्यक्ष थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि बस संचालनका लागि समझदारी गरिएको पनि बताउनुभयो ।

काठमाडौंमा केही दिन भित्र थप २ वटा बस संचालनमा ल्याउने तयारी गरिएको छ । चीनको विके कम्पनीबाट झिकाइएको विद्युतीय बस ब्याट्रीमार्फत् चार्ज हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।