आँखा शल्यचिकित्सक डा. रुइत डेंगुबाट संक्रमित

काठमाडौं । वरिष्ठ ऑखा शल्यचिकित्सक सन्दुक रुइतसहित परिवारका तीन सदस्य डेंगु रोगबाट संक्रमीत भएका छन् ।

गत शुक्रबार अत्याधिक ज्वरो आएपछि डाक्टर रुइतसहित चिकित्सा विज्ञान एमबिबिएसमा अध्ययनरत छोरी र भान्जीलाई उपचारका लागि थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । भर्नापछि उपचारका लागि रगत जॉच गर्दा उनीहरु तीनैजनामा डेंगु रोगको संक्रमण देखिएको थियो । हाल उनीहरु तीनैजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । डा. रुइतको स्वास्थ्यमा सुधार आएकाले भोली डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न डा. वाङले जानकारी दिनुभयो ।

बिहीबार बिहान मर्निङ वाककालागि स्वयम्भू वरिपरि परिक्रमा गर्नेक्रममा आफू डेंगु रोगबाट संक्रमीत भएको हुनसक्ने डा. रुइतको भनाइ छ । डा. रुइत स्वयम्भू नजिकै छाउनी नजिकै बसोबास गर्ने भएकाले सँधैजसो बिहान मर्निङ वर्कका लागि स्वयम्भू क्षेत्रको परिक्रममा गर्ने गर्नुहुन्थ्यो ।

हरेक दिन बिहान र बेलुकी स्वयम्भू क्षेत्रमा हजारौ भक्तजनले कुरा गर्ने, आवातजावत गर्ने भएकाले त्यस क्षेत्रमा डेंगु रोगको संक्रमणबाट ठूलो संख्यामा मानिसहरु पीडित बन्न सक्ने भएकाले सतर्कता अपनाउनका साथै सरकारी स्तरबाट उपयुक्त ध्यान दिनुपर्ने डा. रुइतको भनाइ छ ।

त्यसैगरी, आफ्नाे उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र शुभचिन्तकहरुमा आभार ब्यक्त गर्दै आफू स्वस्थ्य भएको र केही दिनमै आफ्नाे काममा फर्किने बताउनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।