नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बीच आरटीजीएस सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागु गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुनसुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् । रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ३६ शाखा कार्यालय, २ सय ५ एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमाससम्म बैंकले १ खर्ब ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…