खातुनको उपचारमा कुनै कसर बाँकी नरहोस्: राज्यमन्त्री डा यादव

काठमाडौं । एसिड आक्रमणमा परेकी उपचाररत मुस्कान खातुनलाई संघीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले खातुनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिनुभएको छ ।

एसिड प्रहारबाट गम्भीर घाइते वीरगञ्जकी १५ वर्षीया मुस्कानको स्वास्थ्य अवस्था बुभ्न आइतबार यादव अस्पताल पुग्नुभएको थियो । डा यादवले मुस्कानको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको उपचारमा कुनै कसर बाँकी नराख्ने बाचासमेत गर्नुभएको छ ।

आक्रमणमा परेकी उपचाररत मुस्कान खातुनलाई राज्यमन्त्री डा यादव सहित प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादव र प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले भेटेका छन् ।

स्कुल हिँडेकी खातुनमाथि एसिड प्रहार भएको थियो । वीरगंज महानगरपालिका–२ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत् मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल रिफर गरिएको थियो । हाल उनको काठमाडौंमा उपचार भइरहेको छ । एसिड आक्रमण परेकी खातुनको अनुहार पेट, पाखुरा, मुख र छातीमा समस्या देखिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका–२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत किशोरीलाई एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्नेमध्ये १६ वर्षीय सम्साद मियालाई प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए । अर्का एकजना माजिद आलमको खोजी कार्य जारी छ ।

प्रेम सम्बन्धका कारण एसिड प्रहार भएको हुनसक्ने बताइएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।