काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकामा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको समाचारले विशेष पथमिकता पाएको छ भने अन्य भिन्न भिन्न विषयका शीर्ष समाचार छापिएका छन् ।
सोमबार जनतासमाचार डटकम मा सडक मर्मत गर्न सडक हेरालु नियुक्त, नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु, काठमाडौंमा विद्युतीय बस सञ्चालन, ‘कला र संस्कृतिको जीवित म्युजियम’, नेकपाले गर्यो गाउँपालिका घेराउ, असोज १ देखि ‘बनेपा महोत्सव २०७६’, भीषण हवाई आक्रमणमा, १८ को मृत्यु, निजामति दिवसमा अनाथलय र वृद्धाश्रममा सामग्री वितरण र म्याग्दीमा कुटपिटबाट एकको ज्यान गयो लगायतका समाचार प्रकाशित गरिए ।
नागरिक दैनिकले चीनसँंगका विगतका सम्झौता कार्यान्वयन गरिने विषयलाई जोड दिँदै मुख्य समाचार छापेको छ । समाचारमा जनाइए अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सम्झौता प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ । विगतमा चीन र नेपालबीच बिआरआई अन्तर्गत विभिन्न महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वयनको अवस्था भने सन्तोषजनक नदेखिएको पत्रिकामा लेखिएको छ । बैठकमा चिनियाँ पक्षले सम्झौता कार्यान्वयनका लागि सहमति जुटाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिकमा राष्ट्रपतिको भ्रमण गराउन चीन सकारात्मक रहेको समाचारले शीर्ष स्थान पाएको छ । समाचार अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे सकारात्मक संकेत दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमनत्री प्रदिप ज्ञवाली र प्रधानमनत्री केपी ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुबै देशका कूतनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएको समाचारमा उल्लेख छ ।
समाचारमा चीनले मनाङमा अस्पताल निर्माण गर्ने, स्वयंसेवक भाषा शिक्षक आपूर्ति गर्ने र पाँच हजार टेन्ट सहयोग गर्ने लगायतका सहमति गरिएका छन् । बीआरआई परियोजना र केरुङ काठमाडौं रेलवेबारे प्रतिबद्धतामात्रै दोहोरिएको तर समझदारी नभएको समाचारमा उल्लेख छ ।