कांग्रेसको राष्ट्रिय जागरण शुरू

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट शुरू भएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गर्दै कांग्रेसले एकसाथ अभियान सुरु गरिने जनाएको छ । यो नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान गर्न लागेको हो

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १ सय ६औँ जन्मजयन्तीको अवसरमा देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ । जागरण अभियान अन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिँदैछ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपिने कांग्रेसले जनाएको छ । जागरण अभियानका लागि कांग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभएको छ ।

जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधिले सम्बन्धित क्षेत्रका अग्रज, शहीद परिवार, द्वन्द्वकालीन घाइते एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र कांग्रेसका लागि सुझाव लिने कार्यक्रम तय गरिएको शर्माको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।