पेट्रोल आजदेखि पाइपबाटै नियमित

बारा । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइप लाइनबाट मङ्गलबार (आज) देखि नियमित रुपमा इन्धन आउने भएको छ ।

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले मङ्गलबार (आज) औपचारिक रूपमा उद्घाटन गरेसँगै इन्धन आपूर्ती नियमित हुने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाईटेक प्रविधिमार्फत मङ्गलबार (आज) १२ बजेर १५ मिनेटमा आ–आफ्नै देशबाट स्विच थिचेसँगै पाईपलाईनबाट औपचारीक रुपमा ईन्धन आयात शुरु हुनेछ ।

भारतीय प्रधानमन्त्री मोदीले थिचेको स्विचले तेल नेपाल पठाउने र ओलीले थिचेको स्विचले रिसिभ गर्ने गरी हाइटेक प्रविधिमार्फत तयारी गरिएको छ । अमलेखगञ्ज डिपोमा आएको ईन्धनलाई भारतीय आयल निगमका कार्यकारी निर्देशकले रिसिभ गरी नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई हस्तान्तरण कार्यक्रम रहेको छ ।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजेल पठाएर गत श्रावण ३ गते सफल परिक्षण गरिएको थियो ।

उद्घाटन पश्चात पाइपलाइनबाट नियमित रुपमा दैनिक २० घण्टा सञ्चालन हुँदा दैनिक ३० हजार किलोलिटर तेल भित्र्याउन सकिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…