‘नेपाल–चीन कम्युनिष्ट पार्टीमा नयाँ आयाम’

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान कांग्रेस सभापति देउवा र सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो । काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा दुवै पार्टीका नेतासँग विदेशमन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल गर्नु भएको छ । पहिलो भेट प्रमुख प्रतिपक्षका नेता देउवासहितका कांग्रेस प्रतिनिधिमण्डलपछि उहाँले नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता गर्नुभएको हो ।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ता उत्साहवद्र्धक रहेको अध्यक्ष दाहालले प्रतिक्रिया दिनुभयो । उहाँले चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी थप हुने तथा दुई पार्टीबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गर्नु भएको थियो ।

 नेपालको ३ दिने औंपचारिक भ्रमणका लागि आइतबार साँझ आउनु भएका चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी  ओली शिष्टाचार भेटवार्ता गर्नु भएको थियो भने समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गर्नु भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ मंगलबार(आजै) अपरान्ह स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

काठमाडौं । मुलुकको विभिन्न स्थानमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि भएको आक्रमणको निजामती कर्मचारीहरुको आधिकारिक ट्रड यूनियनले भर्त्सना…

काठमाडौं ।  लकडाउन जारी नै रहेको समयमा व्यापारीले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाबारे…

सुखिलाल चौधरी उदयपुर । कटारी नगरपालिकाकामा १२ वर्षीया बालिकाको पेटमा ८ साताको गर्भ रहेको पाइएको छ । बालिकाको पेटमा ८…