वाणिज्य बैंकका ग्राहकलाई उपचारमा १५ प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किस्ट टिचिङ्ग हस्पिटलबीच बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारलाई उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारले एक वर्षसम्म आउटसोर्स बाहेकको ‘हस्पिटल’ सेवामा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट पाउने भएका छन् ।

सम्झौताका लागि आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, केशवप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी तथा किस्ट टिचिङ्ग हस्पिटलका पदाधिकारीहरुको उपस्थिती थियो ।

राष्ट्रिय वाणिज्य बैंकका हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चलनमा छन् । चालु आ.व.२०७५/०७६ को चौथो त्रैमासिकसम्म बैंकले १ खब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको जनाएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।