डिजेल–पेट्रोलको मूल्य घट्यो

काठमाडौं । पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् ।

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई घटाएपछि उपभोक्तालाई राहत भएको हो ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल/ मट्टीतेलको मूल्य प्रतिलिटर ९७ थियो ।

पाइपलाइनका कारण ढुवानी खर्च जोगिने भएपछि स्वचालित प्रणालीमा भाउ बढेमा कम प्रतिशतमा वृद्धि हुनेछ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक  दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।