राष्ट्रिय वाणिज्य बैंक र किस्ट हस्पिटलबीच आपसी सहयोग सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किस्ट टिचिङ्ग हस्पिटलबीच आपसी सहयोग सम्झौता भएको छ । बैक र हस्पिटलबीच मंगलबार सम्झौता भएको छ ।  सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झैता पत्रमा बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशतसम्म छुट हुने उल्लेख छ । कर्मचारी तथा तिनका आश्रित परिवारले फारमेसीमा समेत ७ प्रतिशत छुट पाउने भएका छन् ।  सम्झौता समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, केशबप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी, किस्ट टिचिङ्ग हस्पिटलका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय वाणिज्य बैंकको मुलुकको ७ वटैै प्रदेशका ७७ जिल्ला २ सय ३६ शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । मुलुकभर २ सय ५ वटा एटिएम, ९३ शाखारहित बैंकिङ्ग सेवा रहेको बैंकले जनाएको छ ।  बैकले चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन तथा १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गगरी ५ अर्ब ३२ करोड रुपैंयाँ मुनाफा कमाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।