‘कम्युनिष्ट सरकार आएपछि सबै कुरा बिग्रियो’

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेसलाई रोक्ने कसरतमा लागिपरेको बताउनुभएको छ ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कम्युनिष्ट सरकार आएदेखि देशमा सबैकुरा बिग्रदै गएको
आरोप लगाउनुभयो । कम्युनिष्ट सरकार खराब नभएपनि कम्युनिष्ट ‘स्टेट’ ल्याउने खेल भइरहेको बताउदै देउवाले कम्युनिष्ट सरकार आएदेखि सबै कुरा बिग्रीएको आरोप लगाउनुभएको हो ।

प्रेसमाथि अंकुश लाउने, न्यायलयमा हस्तक्षेप गर्ने, प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम वर्तमान सरकारले गरिरहेको बताउदै सभापति देउवाले यसलाई नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको बताउदै सभापति देउवाले न्यायाधीसलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिनुपर्ने बताउनुभयो । देउवाले संवैधानिक बाध्यता रहेको कारण काँग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै  प्रदेशको समिति बन्ने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।