घट्यो सवारी नविकरण जरिवाना

हेटौंडा । प्रदेश ३ सरकारले यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेको छ । प्रदेश सरकारले ऐन संसोधन गरी सवारी नविकरण जरिवाना शुल्क घटाएको हो ।

प्रदेशसभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको  कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई ऐनको रुप लागू भएको छ ।

बिधेयक प्रमाणिकरण भएसँगै सवारी साधनको  ब्लुबुक नविकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशतमा झरेको छ । यो ऐन संसोधन भएसँगै सवारी धनीहरुलाई जरिवाना शुल्कमा राहत भएको छ ।

यस्तै, बैठकमा प्रदेश लोकसेवा सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा दफावार छलफल भई बैठकमा पेश भएको छ । समितिका सभापति माधब पौडेलले बिधेयक प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।