संस्कृतिविद् जोशीकाे सम्मानमा चाँदीको सिक्का

उमा अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित सिंक्का निकालेको छ । बैंकले संस्कृतिविद् जोशीको सम्मानमा १००, १००० र २५०० को सिक्का निकालेको हो ।

बैंकले ललितपुर महानरपालिकाको प्रस्तावमा युगपुरुष जोशीको तस्बिर अंकित सिक्का निकालेको हो । सिक्का मंगलबार सार्वजनिक गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सिक्का सार्वजनिक गर्दै जोशीको योगदान जीवन्त बनाउन सिक्का निकालिएको बताउनुभयो ।

‘सत्यमोहनजीले नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गरिसक्नु धएको छ’ उहाँले भन्नुभयो, नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा समेत उहाँकाे योगदान अतुलनीय छ । उहाँले नेपाली नोटहरुमा अंकित चित्रको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै आउनुभएको छ ।’

ललितपुरका प्रतिनिधिसभा सदस्य पम्फा भुसालले संस्कृतिविद् जोशीले मुलुकमा पुर्याउनु भएको योगदानबारे चर्चा गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन