नेपालमै बन्यो उपकरण, गाडी अब पानीबाटै चल्ने

काठमाडौं । पानीले गाडी चल्छ भन्दा जो कोही निधार खुम्चाउँछन् । विकसित देशका वैज्ञानिकले गर्न नसकेको आविष्कार नेपालमा भन्दा पत्याउन सक्दैनन् । तर, बुटवल मिलन चोकका शिशिर जिसीले पानीबाट गाडी चलाउने उपकरण तयार पारेका छन् । यो उपकरण जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिने उनको दाबी छ ।

उनले भारतको बैङलोरबाट मेकानिकल इन्जिनियरिङ गरेका हुन् । उनले ‘फ्युल सेभर किट’ तयार पारेका हुन । यो ठूलो–साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस हो ।

यसको प्रयोगले इन्धनबिना गाडी चल्ने भने होइन । ४० प्रतिशत पानी र ६० प्रतिशत पेट्रोलियमबाट गाडी चल्ने उनको भनाइ छ । ‘फ्युल सेभर किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ ।

पानीबाट हाइड्रोजन ग्यास पाइपलाई गाडीको इन्जिनमा लगेर जोडिन्छ । हाइड्रोजनको क्षमता पेट्रोलभन्दा तीन गुणा बढी हुने भएकाले यसले इन्धनले गर्नुपर्ने ४० प्रतिशत काम गर्छ । अन्नपूर्ण दैनिकले खबर छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।