‘कांग्रेसले बीपीको मर्म बुझ्न सकेन’

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले बीपीको मर्म बुझ्न सकेन नसकेको बताउनु भएको छ ।  नेपाली कांग्रेस जिल्ला कार्य समितिले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीका कार्यकर्ताले बीपीको मर्मलाई आत्मसाथ गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

‘बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ उहाँले न्नुभयो, ‘बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’ उहाँले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाउनुभयो ।

बीपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ छ । उहाँले निमुखालाई न्याय र विपन्नलाई आय काङ्ग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उहाँले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले बिपी कोइरालाले २०३६ असोज ६ गते व्यास नगरपालिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गर्नुभएको छ ।

राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…