नेकपा अध्यक्ष दाहाललाई शोक

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उहाँका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको निधन भएको छ ।

उहाँको भरतपुर महानगरपालिका वडा नम्बर ७ गौतमचोकस्थित निवासमा मंगलबार राति निधन भएको हो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहनुभएका दाहाल चितवनमा कास्कीबाट २०१९ मा बसाइँ सरेर आउनुभएको थियो । दाहाल २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…

अछामको रामाराेशन गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।