देउताहरु

गजल

खै किन हो आजभोली रुच्दैनन् देउताहरु
ईमान्दारको भाका कहिल्यै बुझ्दैनन् देउताहरु

जस्ता रहुन यिनीहरु सधैं मान्छेले नै पुज्नुपर्ने
असल मानिसलाई नि पुज्दैनन् देउताहरु

जति पुज्दा नि खुसी हुन्नन्, न त फकाउँदा नै
आजकाल त गाली गर्दा नि रुठ्दैनन् देउताहरु

जे गर्दा नि सहेझैँ गरी फाइदै लिने न हुन्,
तर्क, ज्ञान र असलसँग जुझ्दैनन् देउताहरु

के सहि के गलत, छुट्ट्याउने ल्याकत खै यिनमा ?
लाग्छ, यो त झन कहिल्यै सोच्दैनन् देउताहरु

ईमान्दार र जाली दुवै मन्दिर धाउँदाको अनुभव
जालिलाई न्यायको कसिमा कोच्दैनन् देउताहरु

देखेँ एक हुल लुटेराहरुले महायज्ञ चलाइरहेको
त्यस्तालाई मन्दिरभित्रै किन लुट्दैनन् देउताहरु ?

छेउकै बागमतिमा गौ रक्तको आहाल बगिरहँदा,
गाइका हत्यारालाई किन कुट्दैनन् देउताहरु ?

खै किन हो आज भोली रुच्दैनन् देउताहरु
ईमान्दारको भाका कहिल्यै बुझ्दैनन् देउताहरु

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…

अछामको रामाराेशन गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।