इजरायली प्रधानमन्त्री नेतान्याहुको सम्बोधनले मध्यपूर्वमा तरंग

काठमाडौं । इजरायलमा आम निर्वाचनको केही दिन अघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक सम्बोधनले साउदी अरेबिया सहित मध्यपूर्वमा तरंग ल्याएको छ ।

मध्यपूर्वी राष्ट्र इजरायलमा यतिबेला आम निर्वाचनको माहोल छ । चुनावी माहोललाई सम्बोधन गर्दै जीतका लागि संघर्ष गरिरहेका इजरायली प्रधानमन्त्री नेतान्याहुले आफूलाई आम निर्वाचनमा बहुमतसहितको जित दिलाएमा वेष्ट बैंक भित्रको जोर्डन भ्यालीलाई समेत इजराइलमा गाभ्ने अभिव्यक्ति दिनुभएको छ ।

उसो त लगभग ६५ हजार प्यालेस्टाइनीका साथैै गैरकानूनी रुपमा रहँदै आएका ११ हजार इजरायलीको समेत बसोबास रहेको जोर्डन भ्याली इजरायलकै सैनिक निगरानीमा छ । तर यतिबेला प्यालेस्टाइन र इजरायलको तिक्ततापूर्ण सम्बन्धको एक प्रमुख कारकका रुपमा रहेको वेष्ट बैंकमाथिको अधिकार र जोर्डन भ्यालीलाई इजरायलमा गाभ्ने नेतान्याहुको अभिव्यक्तिले साउदी अरेबियासहित मध्यपूर्वका राष्ट्रहरुलाई चिढाएकोो छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले चुनावी सम्वोधनमा आफूले स्पष्ट बहुमत प्राप्त गरेमा उत्तरी मृत सागर र जोर्डन भ्यालीलाई इजरायलको स्वाधिनताको हिस्सा बनाउने अभिव्यक्ति दिन नपाउँदै साउदी अरेबिया र मध्यपूर्वका राष्ट्रहरुले नेतान्याहुको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् । तर सम्पूर्ण जुइस बासोबासलाई वेष्ट बैंकमा फैलाउने प्रतिबद्धता जनाइरहँदा नेतान्याहुले अमेरिकाले शान्ति योजना सार्वजनिक नगर्दासम्म र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सल्लाह नगरेसम्म आफ्नो योजना कार्यान्वयनमा नआउने जिकिर गरेका छन् । जसमा अमेरिकाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकी अधिकारीले ह्वाइट हाउसको नीतिमा कुनै परिवर्तन नभएको जिकिर गर्दै इजरायलको आमनिर्वाचनपछि मात्र शान्तिको आफ्नो नीति सार्वजनिक गर्ने बताएका छन् । साथै लामो समयदेखि प्रतिक्षारत मध्यपूर्वी दीर्घकालीन सुरक्षा, अवसर र स्थायीत्वका लागि नै उपयुक्त बाटो रोज्ने बताएको पनि अलजजिरामा उल्लेख छ । तर नेतान्याहुको अभिव्यक्ति अनुसार कार्य भएमा यसले प्यालेस्टाइन र इजराइलबीचका सम्पूर्ण सम्झौताहरुको अन्त्य हुने प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासले चेतावनी दिएका छन् ।

प्यालेस्टाइनी प्रधानमन्त्रीले त आफ्ना इजरायली समकक्षी नेतान्याहू सम्पूर्ण शान्ति प्रक्रियाको अन्त गर्न लागिपरेको आरोप नै लगाएका छन् । यस्तै अरब लिगका विदेशमन्त्रीहरुले नेतान्याहुको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै इजरायल र प्यालेस्टाइनबीच शान्तिको प्रयासलाई वेवास्ता गरिएको आरोप लगाएका छन् । साउदी अरेबियाले समेत अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्नुका साथै प्यालेष्टाइन विरुद्ध डरलाग्दो षड्यन्त्र भएको बताएको छ ।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखिको विभिन्न मतभेदका कारण अशान्त रहेको मध्यपूर्वी क्षेत्रमा इजरायली प्रधानमन्त्रीको अभिव्यक्तिले तरंग मात्र ल्याएको छैन । उनले भनेजस्तो भएमा लामो समयदेखिको शान्ति प्रयास बिथोलिने आशंका पनि जन्माएको छ ।

इजरायलप्रति ट्रम्पको उदारता कै कारण प्रधानमन्त्री नेतान्याहुको यो अभिव्यक्ति आएको विश्लेषणले प्यालेस्टाइन समर्थित राष्ट्रहरु यतिबेला चिन्तित तथा आक्रोशित भएका हुन् । यद्यपी अमेरिकाले लिने नीति र मध्यपूर्वी राष्ट्रसहित स्वयं इजरायलको रवैयाले समेत यसक्षेत्रको शान्ति प्रयासलाई बाटो दिनेमा दुईमत छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकै मन नपर्ने दुनियाँमा को छ र के छ र ?

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि…

भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन…

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा  घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ…