संविधान दिवस मनाउने विषयमा मन्त्रीनै दुई खेमामा बाँडिए

प्रमोदकुमार साह 

धनुषा । संविधान दिवस मनाउने विषयलाई लिएर सत्ता समर्थक दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच विवाद भएको छ ।

संविधान दिवस मनाउने विषयलाई लिएर राजापा र समाजवादीका मन्त्रीनै दुई खेमामा बाँडिएका हुन् । प्रदेश २ का समाजवादी पार्टीका मन्त्री संविधान दिवस मनाउने पक्षमा छन् भने राष्ट्रिय जनता पार्टी नेपालका मन्त्री संविधान दिवसका दिन कालो दिवस मनाउने अडानमा छन् ।

राजपा नेपालले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने निर्णय पछि राजपाका मन्त्रीसमेत पार्टीकै लाइनमा अगाडि बढ्ने बताएका छन् ।

यता समाजवादी पार्टीका मन्त्रीले पार्टीको निर्णय जेसुकै आएपनि सरकारको हैसियतले संविधान दिवस हर्षोउल्लासका साथ मनाउने प्रतिक्रिया दिएका छन् ।प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवम् राजपाका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले असोज ३ गते भव्यतापूर्वक संविधान दिवस मनाउने निर्णय गरेको दिनमा आफूहरु बैठकमा उपस्थित नभएको बताउनुभयो ।

उहाँले संविधान संशोधनको मुद्दा यथावत् नै रहेकोले यथास्थितिमा संविधान दिवसका मनाउन नसक्ने जिकिर गर्नुभयो । ‘जुन संविधान जारी गर्नका लागि मधेसी जनतामाथि लाठी चार्ज गरियो, कफर््यु लगाइयो, गोली हानियो त्यो  संविधानका विभेदपूर्ण बुँदा संशोधन नभएसम्म हामी कालो दिवसकै रुपमा मनाउने छौँ’ उहाँले भन्नुभयो ।

संघ सरकारका एक मन्त्रीले संविधान दिवसकोे विरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । यता आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले संविधान दिवस मनाउने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय गरेको दिन राजपाका मन्त्री अनुपस्थित रहेको स्वीकार गर्दै उहाँहरुलाई तत्कालै जानकारी गराइने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन