बलवीर भुजेलसिन्धुली । जिल्लामा पहिलो पटक सरोकारावालालाई नेपाली सांकेतिक भाषाको तालिम दिएको छ । समावेसी समाज निर्माणका लागि नेपाली सांकेतिक भाषामा सबैको पहुँच भन्ने मूल नाराका साथ प्रारम्भ भएको तालिम १ महिनासम्म चलेकोे थियो ।
जिल्ला समन्वय समिति सिन्धुली, कमलामाई नगरपालिका, उद्योग वाणिज्य संघ, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक, विद्यालय व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी, सिन्धुली जिल्ला अस्पताल, बैंक, व्यवसायी, अपङ्ग कल्याण संघ, गैर सरकारी संस्था, युवा क्लब, सञ्चारकर्मी तथा अभिभावकलाई तालिम दिइएको थियो ।
तालिममा सामान्य गाउँघरमा घरायसी सामग्री, रङ, मौसम, खानेकुरा, बिरामी हुँदाको अप्ठयारो परिस्थितिमा मागिने सहयोग लगायतमा व्यक्त गरिने भाव र बोलचाल गर्ने व्यवहारिक भाषा सिकाएको थियो ।
तालिम अघि सांकेतिक भाषाको बारेमा थाहा थिएन, हाउभाउको भरमा मात्रै अनुमान गरिने गरिएको थियो तर तालिम लिएपछि श्रवण शक्ति कम भएका नागरिकले भनेका कुरा अक्षरमार्फत पनि सहज रुपमा बुझ्ने र बुझाउन सक्ने भएको इन्द्र भुजेल बताउनुहुन्छ ।
आफ्नै परिवारको सदस्य एउटी नातिनि श्रवण शक्ति कमजोर भएको राधा वाईवाले पनि सांकेतिक भाषा सिक्नुभएको छ । पहिला आपूmले भनेका संकेत र हाउभाउ नातिनिले सजिलै बुझ्ने तर उनले भनेका कुरा आफूले नबुझ्ने अवस्था थियो । बिरामी तथा अन्य समस्या पर्दासमेत बुझ्दैनथिएँ तर भाषा सिकेपछि दोहोरो कुराकानी गर्नसक्ने भएको बताउनुहुन्छ ।
नेपाली सांकेतिक भाषाको बारेमा थाहा नपाउँदा श्रवणशक्ति कम भएका बिरामी उपचारका लागि आपूmकहाँ आउने गरेको तर उनीहरुको भाषा नबुझ्ने भएकाले समस्या बताए पनि पत्ता लगाउन असहज हुने गरेको थियो । उनीहरुको समस्या बुझाउने दोभासेको सहयोग माग्नु पर्ने बाध्यता रहेको थियो, तर अहिले सांकेतिक भाषा सम्बन्धि तालिम लिएपछि बिरामीको समस्या पत्ता लगाउन सहज भएको सिन्धुली अस्पतालका अर्थोपेडिक डाक्टर सुधाँशु झा बताउनुहुन्छ ।
समाबेसी समाजको परिकल्पना स्वरुप श्रवणशक्ति कम भएका नागरिक कुनैपनि कार्यालय, बजार पसल, अस्पताल र अन्य क्षेत्रमा गएर पनि सजिलै सेवा लिन सहज होस् भनेर हेतुले सेवाप्रदायक निकायका सरोकारवालाहरुलाई नेपाली सांकेतिक भाषाको तालिम दिएको नवज्योती बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् वरिष्ठ दोभासे विजय तामाङ बताउनुहुन्छ ।
श्रवणशक्ति कमजोर भएका अपाङ्ग नागरिकका समस्या सहज रुपमा बुझ्न सकुन् भन्ने अपेक्षाका साथ सांकेतिक भाषाको तालिम दिएको हो ।