अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुखबीच भेटवार्ता

कान्ति न्याैपाने

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल बीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गरेको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउनुभयो। दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान–प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको धारणा राख्नुभयो।

अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संरचनाबारे जानकारी गराउँदै संघीय संसदको गठन तथा कानून निर्माणबारे जानकारी गराउनुभयो। ‘संघीय संसदअन्तर्गत ५९ सदस्य रहेको राष्ट्रियसभामा सात प्रदेशबाट समान प्रतिनिधित्व रहेको छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रियसभामा ४० प्रतिशत महिला, प्रत्येक प्रदेशबाट एकजना दलित, एकजना अपाङ्ग वा अल्पसंख्यक रहने व्यवस्था छ र राष्ट्रियसभा अत्यन्त समावेशी छ।’

तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह गर्नुभयो। ‘तथ्यांकअनुसार आयरल्याण्डबाट वार्षिक करिब तीनहजार पर्यटक नेपाल आउने गरेका छन्’, उहाँले भन्नभयो, ‘अब त्यो संख्या तीसहजार पुग्ने विश्वास लिएको छु।’

नेपाल हिमालदेखि तराईसम्म भौगोलिक विविधता र प्राकृतिक रुपमा सुन्दर भएकाले भ्रमण गर्न आग्रह गर्नुभयो। उहाँले आयरल्याण्ड युरोपियन युनियनको सदस्य राष्ट्र भएकाले नेपाली ध्वजावहाक जहाजलाई युरोपको आकासमा उडानका लागि खुल्ला गर्नका लागि पहल गर्न आग्रह गर्नुभयो।

त्यसैगरी आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाएकोमा आभार व्यक्त गर्नुभयो। उहाँले आइरल्याण्डमा रहेका नेपाली नागरिकको सक्रियता र प्रेरणाका कारण नेपाल भ्रमणमा आएको उल्लेख गर्नुभयो।

आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने सेनकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…