सडकमै बलात्कार ! महिला सांसदहरुले भने– सुरक्षा चाहियो

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरी बलात्कारका घटना बढ्दै गएको भन्दै दोषLलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नवलपरासीमा कार्यालय हिडेकी युवतीमाथि १० जनाले सामूहिक बलात्कार, रसुवाका ११ र ६ वर्षीय बालिकाको बलात्कार भएको भन्दै उहाँले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जादा सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी गर्नुभयो ।

सांसद मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संशोधन गरेर भएपनि अपराधीलाई फाँसीको सजायको व्यवस्था गर्न माग गर्नुभयो ।

अर्का सांसद नैनकला ओझाले मोरङको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए पनि २५ वर्षदेखि काम शुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश पन्थले बैठकमा सांसदले उठाएको सवालमा मन्त्रालयले जवाफ दिनेतर्फ गम्भीर नभएको भन्दै संसदीय मामिला हेर्ने कानुन मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकषण गराउनुभयो ।

सांसद बलराम प्रसाद बास्कोटाले हरेक चाडपर्वमा र्कितिम अभाव श्रृजना हुने, गुणस्तरहिन सामान र खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यस तर्फ समयमै सोच्न सरकारको ध्यानार्षण गराउनुभयो ।

सांसद मीना बुढाले रोल्पा जिल्लाको शहीद मार्ग पहिरोका कारण अवरुद्ध भएको भन्दै पहिरो हटाई सवारी यातायात सुचारु गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद युटोल तामाङ्ग मुगु जिल्लाका बाढी पहिरो प्रभावितका लागि क्षतिपुर्ति तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…