डेंगु रोगको परीक्षण निशुल्क

चितवन । महामारीको रुप लिदै गरेको डेंगुको परीक्षण चिततवन मेडिकल कलेजले निशुल्क गर्ने भएको छ ।

भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई ध्यान दिँदै चितवन मेडिकल कलेजले बिहीबारदेखि निशुल्क रुपमा डेंगु परीक्षण गर्ने भएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी गराउनुभयो ।

कलेजको समाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा गरिबका लागि भन्दै सरकारको डेंगु नियन्त्रण अभियानमा सहयोग पुर्याउन एक हजार जनाको निशुल्क डेंगु परीक्षण गर्ने कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा. हरिश्चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

हामीले मेडिकल सिटी चितवनमा विगतदेखि नै हाम्रो सामाजिक अभियान अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छौं, उहाँले भन्नुभयो, ‘अहिले देशभर डेंगुको प्रकोप छ, ‘यही अवस्थामा स्थानीय सरकारलाई समेत सहयोग पुर्याउने लक्ष्यले यो अभियान थालेको हौं।’

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार बिहीबार बिहान ८ बजेदेखि औपचारिक कार्यक्रमका बीच डेंगु परीक्षण निशुल्क गर्ने जानकारी गराउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…