विद्यालयमा स्थानीय तहको पाठ्यक्रम

चितवन । आगामी शैक्षिक सत्र २०७७ बाट भरतपुर महानगरपालिकाले विद्यालय तहमा आफ्नै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन शुरू गराउने तयारी गरेको छ ।

स्थानीय स्तरमा रहेका धार्मिक, साँस्कृतिक, वातावरण र स्वास्थ्यलगायतका विषय समेटेर कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरिएको महानगरका शिक्षा समिति सदस्य रमाकान्त सापकोटाले जानकारी दिनुभयो ।

पाठ्यक्रममा समावेश गर्ने विषयमा छलफल भइरहको उल्लेख गर्दै सापकोटाले यो वर्ष पाठ्यपुस्तक तयार हुने बताउनुभयो । चितवनमा बोलिने भाषा, विविधता समेत अध्ययन भइरहेको सापकोटाको भनाइ छ । स्थानीय खेल, पेशा, जडिबुटीका विशेषता, धार्मिक तथा पर्यटकीय स्थलहरू, मठमन्दिरलगायत विषय पाठ्यक्रममा समावेश गर्ने सापकोटाले जानकारी दिनुभयो । पाठ्यक्रम तयार गर्न ‘हाम्रो गौरव हाम्रो भरतपुर’ नाम दिएर अध्ययन गरिरहेको छ । भरतपुर महानगरको पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगिसकेको महानगरको शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले बताउनुभयो ।

आगामी वर्षदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम बनाउने काम भइराखेको कोइरालाको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्रीलाई संसदीय समितिले अठ्यारोमा पार्न थालेका छन् ।

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…