बाँदरको आक्रमणबाट ३२ घाइते ! आतंक रोक्न सांसदको माग

काठमाडाैं । सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले डेंगुको संक्रमण बढ्दै जाँदा जनमानसमा त्रास फैलिएकाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद विना देवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतिपूर्ण बनेको र संक्रमण फैलिदै जाँदा जनता पनि आतंकित भएको भन्दै प्रभावकारी रुपमा नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुजाता परियारले डेंगुको संक्रमण बढ्दै गएको भन्दै सदनमा दैनिक कुरा उठिरहदा पनि सरकार गम्भीर नबनेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संघीय संसदका दुवै सदनमा शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले दैनिक जसो डेंगु संक्रमण फैलिन नदिन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

त्यसैगरी आ –आफ्नो क्षेत्रगत समस्याका विषयमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद लालकाजी गुरुङले पर्वत जिल्ला सदरमुकाम कुश्मा देखि दक्षिण तर्फको बाटो कालोपत्रे नहुँदा त्यस क्षेत्र र वरपरका वासिन्दाले अन्त्यन्तै जोखिम र सास्ती व्यहोर्नुपरेको भन्दै तत्काल कालोपत्रे गरि विकासको प्रतिफल चाख्ने अवसर मिलाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद बिमला विश्वकर्माले भदौ १७ गते रसुवाको टिमुरेमा प्रहरीको सवारी साधनलाई बाटो नछोडेको निहुँमा असई र हवल्दारले सार्वजनिक स्थानमा चालक मजदुर आशिष तामाङलाई कुटपिट गरेको घटना प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनामा संलग्नको नाम सार्वजनिक गरी कारबाही गर्न माग गर्नुभयो ।

सांसद सत्यनारायण शर्मा खनालले शिक्षा निशुल्क भनिएपनि अंग्रेजी भाषा भन्दै शुल्क लिने गरिएको तथा केही विद्यालयमा अंग्रेजी भाषाको शिक्षण नै हुन नसकेको उल्लेख गर्दे शिक्षाक्षेत्रमा देखिएको भद्रागोल अवस्थाको अन्त्य गर्न माग गर्नुभयो । सांसद सञ्जयकुमार गौतमले २०६६ साल कात्तिक १० गते सम्पन्न नेपाल भारत वाणिज्य सन्धि अन्तरगत गुलेरिया बुर्तिया नाका पारस्परिक व्यापारका लागि तत्काल संचालन गर्नुपर्ने मञ्जुरी भएपनि सन्धि भएको ९ वर्ष भइसक्दा पनि नाका संचालनमा नआएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हरिराज अधिकारीले गोर्खाका केही गाउँमा बाँदरले आतंक मच्चाएको र फुजेल गाउँमा मात्रै एक वर्षमा ३२ जना घाइते भएको भन्दै बादर संरक्षण केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बाँदरको आक्रमणबाट स्थानीय घाइते हुनुको साथै खेतमा लगाएको अन्नबाली तथा फलफूलमा क्षति पुगेको भन्दै उहाँले तत्काल बादर संरक्षण केन्द्र निर्माण गरी बाँदरको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग भएको भन्दै व्यवस्थित गर्न माग गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपालाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रुपमा पुरा गर्ने बताउनुभएको हो ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।