काठमाडौं । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो शुरु भएको छ । एक्स्पोले सबै किसिमका फर्निचरजन्य सामग्री एकै थलोमा उपलब्ध गराई यसको बजारीकरणमा मद्दत पुर्याउने उदेश्य राखिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि शुरु सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा शुरु भएको मेलामा स्वदेशी र विदेशी गरी १ सय २० भन्दा बढी स्टलमार्फत फर्निचर र फर्निसिङका सामग्रीको प्रदर्शन गरिएको छ । एक्स्पोले बिक्रेता र उपभोक्तालाई एकै छानामुनी भेट गराई फर्निचरजन्य सामग्रीहरु उपलब्ध गराउने नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले जनाकारी दिनुभयो । प्रधानले फर्निचरजन्य सामाग्रीको बजार प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
एक्स्पो उद्घाटनकाक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सीप, प्रबिधि र जनशक्ति विकासमा ध्यान दिनुपर्ने माग गर्दै सरकारले फर्निचरजन्य उद्योगहरुको संरक्षण गर्नुपर्ने माग गर्नुभयो ।
एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षणको रुपमा रहेका छन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन सामग्रीहरु प्रदर्शनीमा रहेका छन् ।
एक्स्पो भदौ २९ गतेसम्म संचालन हुनेछ ।