जनतामा सप्तरंग, देशव्यापी सांस्कृतिक कार्यक्रम गरिने

काठमाडौं । जनता टेलिभिजन र गृष्मा ब्रोडकास्टिङ कम्पनीबीच कार्यक्रम उत्पादन तथा प्रसारणसम्बन्धी सम्झौता भएको छ । मुलुकको पर्यटन प्रवर्द्धनकाे लागि आयोजना गरिने सप्तरंग २ को देशव्यापी कार्यक्रम उत्पादन प्रसारणका लागि सम्झौता भएको हो ।

सम्झौतामा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका नायब महाप्रबन्धक माधव कार्की र गृष्मा ब्रोडकास्टिङ प्रालिका प्रोप्राइटर गृहेन्द्र घिमिरेले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । सप्तरंग २ अन्तर्गत सात प्रदेश सात हामी भन्ने मूल सन्देशका साथ चर्चित कलाकारको टोलीले देशका विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रममा अभिनेता राजेश हमाल, गायिका मेलिना राई,सुगम पोखरेल,हिमाल सागर हास्यकलाकार जितु नेपाललगायत सहभाग िहुने जनाइएको छ । यसअघि जनता टेलिभिजनले सप्तरंगको पहिलो कार्यक्रम पनि प्रसारण गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।