उपनिर्वाचनमा दल दर्ता जिम्मा महासचिव पौडेललाई

कान्ति न्यौपाने
काठमाडौं ।
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपनिर्वाचनमा दल दर्ता गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ । नेकपाको बुधबार बसेको सचिवालय बैठकले दल दर्ताको जिम्मा महासचिव पौडेललाई दिएको हो ।

निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको लागि भदौ मसान्तसम्म म्याद दिएको छ ।

विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेकाे थियो ।

२०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीले भने दल दर्ता गर्नु नपर्ने भए तापनि नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणबाट पछि बनेको हुनाले पुनः दर्ता गर्नु पर्ने भएको हो ।

दल दर्ताका लागि राजनीतिक दलले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्नेछ । दर्ता गर्दा राजनीतिक पार्टीले आफ्नो विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिन्ह पनि निवेदनसँगै पेश गर्नुपर्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…