आदिबासी जनजातिको प्रदेश अधिवेशन सिन्धुलीमा

बलवीर भुजेल
सिन्धुली । नेपाल आदिबासी जनजाती महासंघ ३ नम्बर प्रदेश तदर्थ परिषद्को प्रथम अधिवेशन असोज ४ र ५ गते सिन्धुलीमाढीमा हुने भएको छ ।

सिन्धुलीमाढीमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रथम प्रदेश अधिवेशन सिन्धुलीमाढीमा गर्ने जानकारी गराइएको हो ।

‘सामाजिक मुद्दासहितको राजनीतिक जागरण, पहिचान सहित समृद्धिका लागि प्रदेश नम्बर ३ लाई नेवाः ताम्सालिङ नामाकरण’ भन्ने मूल नाराका साथ अधिवेशन हुने आदिवासी जनजाति महासंघ ३ नम्बर प्रदेश तदर्थ परिषद्का अध्यक्ष काजिमान थिङले जानकारी दिनुभयो । अधिवेशनलाई मध्यनजर गर्दै सिन्धुलीका ९ वटै स्थानीय तहमा नेपाल आदिबासी जनजाती महासंघ नगर तथा गाउँपालिका समन्वय अधिवेशन समेत सकिएको उहाँको भनाइ छ ।

अधिवेशनमा ३ नम्बर प्रदेशका सम्पूर्ण प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुको समेत उपस्तिथि रहने पत्रकार सम्मेलनमा जनाएको छ । सिन्धुलीमाढीमा हुने पहिलो प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै नीति तथा कार्यक्रमहरु पारित गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…