खाना पकाउने एलपी ग्याँस सहुलियत दरमा

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्याँस सहुलियत दरमा उपलब्ध गराउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले ग्याँस छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराउनुभएको हो ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै यादवले आर्थिक रुपले सम्पन्न नागरिकलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभयो । मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय…

काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका…

प्रहरीले रमेशकै बयानका आधारमा मन्दिराको हत्या भएको पत्ता लगाउन सफल भएको हो ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो…