पूर्वाधारमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई पुनः आह्वान गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै लगानीको क्षेत्र बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो । उहाँले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दाबी गर्नुभयो । नेपाल पूर्वाधार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उहाँले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुबै आधार तयार भएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको जलस्रोत, उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जो सुकैले उच्च मुनाफा आर्जन गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…