हवाई कारबाहीमा ३० को मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन् ।

ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा हवाई कारबाही भएको थियो । कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाका अधिकारी अब्दुल खलिल खलीलीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभयो ।

कारबाहीको क्रममा अपहरणकारीहरुको सवारी साधन पनि ध्वस्त पारिएको खलिलीले बताउनुभएको थियो । यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो भन्ने प्रष्ट भएको छैन ।

यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तालिबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ । तालिबान लडाकू समूह र सुरक्षाबलसँगको ठूलो झडपपछि छिमेकीमा पर्ने याङ्गी काला र दार्कद जिल्लालाई तालिबानले कब्जा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…