‘मुलुकलाई एकतन्त्रीय शासनमा लैजाने खतरनाक प्रयास’

नवलपुर । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीको आलोचना गर्नुभएको छ । महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्नुभएको हो ।

मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजान प्रधानमन्त्री ओलीको भूमिका मुलुककै लागि खतरनाक हुने उहाँको बुझाई छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघको तेस्रो वार्षिक साधारणसभालाई बुधबार नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै उहाँले संविधान परिवर्तन गर्ने सरकारको प्रयासलाई सफल हुन नदिने चेतावनी दिनुभयो ।

महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको बताउनु भयो । उहाँले नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको भएपनि सरकारले जनताको चाहना र भावना अनुसार काम गर्न नसकेको दाबी गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…