वित्तीय उत्तरदायित्व विधेयक पारित

काठमाडौं । वित्तीय उत्तरदायित्व विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बुधबारको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।
राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘विज्ञापन नियमन गर्ने विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश समेत बैठकमा जानकारी गराउनुभयो ।