‘स्मार्ट’ मालपाेतमै एक घण्टाकाे काम सक्न ४ दिन

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक–फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

बुधबार जनता समाचार डटकममा भारतसँग जोडिएका सीमा नाका बन्द गर्न माग, विद्यालयमा स्थानीय तहको पाठ्यक्रम, जनतामा सप्तरंग, देशव्यापी सांस्कृतिक कार्यक्रम गरिने, विद्यालयबाट घर फर्किँदै गर्दा दुई बालिका बेपत्ता, डेंगु रोगको परीक्षण निःशुल्क, संविधान दिवस मनाउने विषयमा मन्त्री नै दुई खेमामा बाँडिए र इजराइली प्रधानमन्त्री नेतान्याहुको सम्बोधनले मध्यपूर्वमा तरंग लगायतका समाचार समेटिए ।

अन्नपूर्ण पोस्ट् दैनिकमा मालपोतमा एक घण्टाको काम सक्न चार दिन लाग्ने गरेको समाचारले प्रमुख स्थान पाएको छ । पत्रिकामा चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयलाई अनलाइन सेवा उपल्बध गराएपनि ती कार्यालयका कर्मचारीले नेट नचल्ने र सर्भर बिग्रने जस्ता बहाना देखाएर एकैछिनमा हुने काम ४ दिनसम्म लगाउने गरेको उल्लेख छ ।

यसैगरी, समाचारमा कर्मचारीका बहानाबाजी मात्रै नभइ कमसल इन्टरनेट सेवा, रोकिइरहने विद्युत सेवा, अध्यक्ष प्राविधिक र कमजोर भौतिक संरचनाका कारण मालपोतको सेवामा ढिलाई भइरहेको विश्लेषण छ ।

नागरिक दैनिकले अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल शीर्षकमा प्रमुख समाचार छापेको छ । समाचारमा उल्लेख भएअनुसार गत माघमा भेनेजुएलाका राष्ट्रपति निकोलस मुडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रिपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आलोचना गरेका थिए ।

जब कि गुवाइडोको पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्ति जारी गरेका थिए । पत्रिकाले राजनीतिक विश्लेषक विष्णु सापकोटाको अहिलेको परिस्थितिमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन गराउन दाहाल प्रयासरत रहेको विश्लेषणसमेत छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व राजा चुनाव लड्नु भयो भने नेपालको गणतन्त्र सदाकालका लागि संस्थागत हुनेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा दलित युवाले ज्यान गुमाएको घटनाको भर्सना गर्दै दाेषाीमाथि कारबाही प्रक्रियाबारे गृहमन्त्रीसँग…

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको…

पर्वत । फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ ।…

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी…

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ । मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ…