निजगढ विमानस्थलका १७ सवाल

प्रदेश नम्बर २ का वन वातावरण र पर्यटन मन्त्रीको रूख काट्न नदिने , रूख काटेर विमानस्थल बनाउन नदिने भनाई पनी आएको हो । उदेक लाग्दो कुरो त के छ भने, आफै पर्यटन मन्त्री आफै आफ्नो प्रदेशमा विमानस्थल बन्न नदिने कुरा गर्छन् । जुन कुराको कुनै तुक छैन । अझ राष्ट्रिय वन प्रदेशको भन्ने वहाँहरूको दावामा पनि कुनै दम छैन । २०७१ मा यो विमानस्थल निर्माण क्षेत्र निजगढ अन्तराष्ट्रिय विमानस्थलको नाममा आईसकेपछि २०७२ मा संविधान जारी भएको हो । अनी २०७४ मा प्रदेशको निर्वाचन भएको हो । कुरा स्पष्ट छ ।

१. निजगढ अन्तराष्ट्रिय विमानस्थल देशका विभिन्न आठ सम्भावित स्थानको प्रारम्भीक अध्ययन पछि छनौट गरिएको सबैभन्दा उपयुक्त र उचित छ । विमानस्थलको लागी तोकिएको ठाउँमा कडा भूबनोट छ । पूर्व पश्चिम रनवे बनाउँदा जुनसुकै बेला जुनसुकै अवस्थामा प्लेन उड्न र ल्याण्ड गर्न सक्ने हुन सक्छ । काठमाडौं बाट जम्मा ७५ किमी दुरी छ । विमानस्थल अन्तराष्ट्रिय सिमा बाट समेत आवश्यक दुरीमा छ । २०५२ सालमै प्रारम्भीक सर्वेक्षण गरी २०६६ मा कोरियन कम्पनीबाट डिपीआर सम्पन्न भई २०७१ सालमै नेपाल सरकारले चार किल्ला तोकी सो जमिन नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण निजगढ अन्तराष्ट्रिय विमानस्थलको नाममा राखेको छ ।

. विमानस्थल बस्ती भन्दा केही टाढा छ । मुआब्जाका दृष्टीले तुलनात्मक रूपले सस्तो छ । पूर्व पश्चिम हाईवे सँग जोडिएको छ । काठमाडौं निजगढ फास्टट्र्याकसँग जोडिएको छ । विरगंज विशेष आर्थिक क्षेत्र र सुख्खा वन्दरगाहसँग नजिक पर्दछ । विमानस्थल निर्माणकै शिलशिलामा सरकारले अहिले सम्म तीन अर्ब खर्च गरिसकेको छ । वरीपरी काँडेतारसहित पहुँच मार्ग कार्यालय र त्यसका निम्ती जरूरी डिजाईन समेत सम्पन्न भइसकेको अवस्था छ ।

३. विमानस्थलको आवश्यक विस्तारका लागी भविश्यमा आवश्यक पर्न सक्ने प्रशस्त जमिन र सम्भावना छ । यहाँ अन्तराष्ट्रिय मापदण्ड अनुसारको एउटा रनवे , डबल रनवे तथा ट्रिपल रनवे सम्मको विमानस्थल निर्माणका लागि भविश्यमा कुनै समस्या पर्ने देखिँदैन । विमानस्थल निर्माणका लागि आवश्यक कच्चा पदार्थ वरीपरी नै प्रशस्त उपलव्ध छ । नेपालको व्यापारीक शहर वीरगंजबाट आधा घन्टाको दुरीमा मात्रै रहेको हुँदा स्थानीय समूदायको व्यापक समर्थन छ ।

४. निजगढमा जीरो भिजीविलिटीमा विमान उड्न र अवतरण गर्न सकिने गरी व्यवस्थापन हुन सक्छ । २०५२ साल देखि नै नेपाल सरकारले प्राथमिकतामा राखी प्रारम्भिक सर्वेक्षण शूरु गरि सरकारले नै अध्ययन गरिरहेको विमानस्थलाई २०६६ सालमा कोरियन कम्पनीले डिपीआर गरेपछि २०६७ देखी राष्ट्रिय गौरवको योजनाको रूपमा घोषणा गरीएको थियो । अध्ययन अनुसार प्राविधिक तथा आर्थिक रूपले समेत विमानस्थल ज्यादै सस्तो सम्भाव्य र लाभकारी छ । प्रादेशिक विभाजन अनुसार २ नम्बर प्रदेशमा मा पर्ने हुँदा प्रदेशकै भाग्य र भविष्य निर्माणक लागि ठुलो योजना हो । यो अती सुन्दर र नमुना विमानस्थल हुने पनि प्राविधिक अध्ययनले देखाएको छ ।

५. विमानस्थल निर्माण गर्दा जंगलको नोक्सानी हुने विषय उठेको छ । संसार भरी ठुला विमानस्थल बस्तीबाट अलि टाढा निर्माण गर्ने या पुरै बस्ती उठाएर निर्माण गर्ने प्रचलन छ । हामी कहाँ बस्ती हटाएर बनाउन महंगो पर्ने या सेटलमेण्ट गर्ने समस्या हुने कारणले असम्भव प्राय हुन्छ । बस्तीबाट अलि टाढा निर्माण गर्दा केही न केही बनको क्षती अवश्य हुन्छ तर त्यसको बदलामा वन रोप्न सकिने ठुलो सम्भावना पनि यहीं विद्यमान छ ।

६. यहाँ केही बस्तिको उचित व्यवस्थापन आवश्यक त छ नै । फेरिपनी अन्तराष्ट्रिय विमानस्थल को लागी सामान्य कुरा हो । त्यस्तो अवस्थामा काट गाउँको ११० बिघा नम्बरी जमिन र लगभग ७०० बिघा सरकारी जमिनमा बसेका नागरिकको व्यवस्थापन गर्नुपर्ने हुन्छ । काट गाउँको ११० बिघा जमिनको अधिकरणको काम सम्पन्न गरेर मुआब्जाको काम सकिनै लागेको छ भने टागीया बस्तीको १४८३ धुरीको सेटलमेण्टको मोडलका वारेमा छलफल भईरहेको छ । टागीयाका १४८३ धुरीका नागरीकले आफुलाई सरकारले क्षतीपुर्तीको रूपमा जमिन उपलब्ध गराएर विमानस्थल नजिकै एयरपोर्ट भिलेज बनाई दिँदा न्याय हुने भनिरहनु भएको छ । यस सन्दर्भमा सरकारले खास निर्णय गरेको नभएपनि विकल्पमा छलफल चलिरहेको बुझिन्छ ।

७. यो निर्माणस्थलमा सिंगल रनवे विमानस्थल निर्माण गर्दा १५०० हेक्टर जमिन र पछि डवल रनवे बनाउन समेत जोगाड गर्दा तत्काल २५०० हेक्टर जमिनको आवश्यकता पर्दछ । यसो गर्दा अहिले १००० हेक्टर जमिन ९ टागीया बस्ती र वरीपरी करिब – करिब खाली छ । अब १५०० हेक्टर जमिन खाली गर्नु पर्दछ । यसो गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन अनुसार बढिमा एक लाखको हाराहारीमा मात्र काम लाग्ने रूख काट्नुपर्ने हुन्छ । डेड लाखको हाराहारीमा साना तिना झाडी बुट्यान र लौराजस्ता समेत गनिएका बाेट बिरूवाहरू निर्माण अवधिभरमा काटिने वा खेर जाने सम्भावना हुन्छ ।

८. यसै अवधिमा विमानस्थल प्रोटेक्सनको क्रममा पसाहा नदि तटवन्धन भइरहेको छ । वकैया खोला तटवन्धन हुन्छ । दुवै नदिको प्रोटेक्सन पछि १००० हेक्टरको हाराहारीमा अन्य  जमिन निस्कन्छ । जहाँ हामीले लाखौं बिरूवा वृक्षारोपण गरी वन व्यवस्थापन गर्न सक्छौं । यस्तै दुधौरा, वालगंगा तथा आसपास बाट बग्ने अन्य नदी किनारा र खाली जमिनमा समेत लाखौं वृक्षारोपण गरी हराभरा बनाउन र वातावरण संरक्षण गर्न सकिन्छ ।

९. अन्तराष्ट्रिय विमानस्थल बनाउदा प्राप्त गरिएको जमिनसमेत एक तिहाई मात्र कन्क्रिट निर्माण हुने हो । बाँकी दुई तिहाई एरिया फलफुल बाेट बिरुवाले भरिभराउ गरी अनेक थरीका सुन्दर वाटीकाहरू बनाई हराभरा नै बनाउने हो । विमानस्थल निर्माण गर्दा सकभर कम रूख नोक्सान हुने उपाय गर्दा नोक्सानी अत्यन्त न्यून गर्न सकिन्छ । यसो गर्दा वातावरणीय असन्तुलन हुने सम्भावना कमै हुन्छ । अझ वातावरणीय अनुकुलता हुने वैज्ञानिक उपायहरु अपनाएर विमानस्थललाई सुन्दर र वातावरणलाई अनुकुल बनाउन सकिन्छ ।

१०. जहाँसम्म वातावरणमा प्रतिकुल प्रभाव पर्छ भन्ने कुरा छ । केही न केही मात्रामा यो कुरा सहि होला । यसले वातावरणमा केही न केही प्रतिकूलता जरूर ल्याउन सक्ला । फेरी पनी देशमा राष्ट्रिय गौरवका ठुला योजना संचालन गर्दा पर्ने साना प्रभावलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रै हो । यसमा  हामीले त्यसलाई सुरूमै प्रतिस्थापन गर्ने वैकल्पिक उपाय अपनाई रहेका छौं । वकैया र पसाहा नदी किनारलाई सुरक्षित गरी लाखौं लाख बिरूवा रोपी हराभरा बनाउने । बारा जिल्लाका बाँकी सबै खाली जमिनलाई हरियाली बनाउने । चुरे अन्तर्गतकाे  खाली क्षेत्रलाई हरियाली बनाउने काम गरेर यस को क्षतिपूर्ति गर्न सक्छौं । यती धेरै सम्भावना र विकल्प हुँदाहुँदै पनी वातावरणको बहानामा एयरपोर्ट निर्माणको विपक्षमा देखिएका पक्षको सोच भने वातावरण बचाउने भन्दा पनी विमानस्थल निर्माण प्रकृया रोक्नेमा केन्द्रीत देखीन्छ ।

११. यसै प्रसंगमा प्रदेश नम्बर २ का वन वातावरण र पर्यटन मन्त्रीको रूख काट्न नदिने , रूख काटेर विमानस्थल बनाउन नदिने भनाई पनी आएको हो । उदेक लाग्दो कुरो त के छ भने, आफै पर्यटन मन्त्री आफै आफ्नो प्रदेशमा विमानस्थल बन्न नदिने कुरा गर्छन् । जुन कुराको कुनै तुक छैन । अझ राष्ट्रिय वन प्रदेशको भन्ने वहाँहरूको दावामा पनि कुनै दम छैन । २०७१ मा यो विमानस्थल निर्माण क्षेत्र निजगढ अन्तराष्ट्रिय विमानस्थलको नाममा आईसकेपछि २०७२ मा संविधान जारी भएको हो । अनी २०७४ मा प्रदेशको निर्वाचन भएको हो । कुरा स्पष्ट छ ।

१२. यहाँ छलफलको क्रममा स्थानीय पानीको श्रोत र नदीको वहाव रोकिने हो कि भन्ने चिन्ता पनी देखिएकाे छ । जुन सर्वथा सहि र न्यायिक पनि हो । यस सन्दर्भमा आयोजनाले विमानस्थल को दक्षिण भागमा सबैतीरको पानी कलेक्सन भएर आउन सक्ने क्यानल डिजाईन गरी रिचार्जको लागी वृहत कृत्रिम ताल बनाउने व्यवस्था गरेको छ । यसले पानीको श्रोत सुक्न नदिई व्यवस्थित हुने र विमानस्थललाई समेत वातावरणीय रूपले सुन्दर बनाउने छ ।

१३. विमानस्थल निर्माण गर्दा वन्यजन्तुको आवत जावतको बाटो अवरूद्द हुने र वन्यजन्तुको जीवन सन्तुलन विग्रने विषय पनी उठेको छ । यो सामान्य ढंगले उठ्ने विषय नै हो । तर पनि हिजो वन्यजन्तु संरक्षणको विषय उठाएर हामीले राष्ट्रिय निकुञ्ज विस्तार गर्दा हाम्रा विरूद्द जाई लाग्नेहरू बाट नै आज यो कुरा उठ्नु चाही अझ सुन्दर विषय हो । यस सन्दर्भमा आयोजनाले हाईवे बाट ५ देखि ७ सय मिटरसम्म वन कायम राख्ने उपाय सुझाएको छ । जसले न त वन्यजन्तुको बाटो अवरूद्द  हुन्छ न त उनीहरूको जीवन चक्रमै कुनै असर गर्छ ।

१४. यसरी जमिन उपयोग, वातावरणीय प्रभाव र वन्यजन्तु संरक्षणका दृष्टीले यो आयोजना दुष्कर नभएर अती नै सुन्दर आयोजना हो । यस्तो खालको स्तरिय र व्यवस्थित ढंगले अघि बढिरहेको आयोजना निजगढ बाहेक अन्यत्र कतै लैजाने कुरा सर्वथा अनुचित र अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने षडयन्त्र मात्र हुन सक्छ । आजको दुनियाँको पहिलो आवश्यकता भनेको कनेक्टीभीटी हो । यो विमानस्थलले नेपाललाई संसारसँग सहज कनेक्टिभिटीको विकल्प दिन्छ । यो आयोजनाको विरोध नेपाललाई दुनीयाँबाट अलग राख्ने चाल बाहेक केही हुन सक्दैन । नेपाल समुन्द्रसँग जोडिएको छैन । सडकमार्गबाट उत्तर या दक्षिण जता गएपनी धेरै लामो दुरी पार गरेर मात्र तेश्रो संसार भेटीन्छ । हाम्रो बांकी दुनियाासँगको सम्पर्कको पहिलो र सम्भव माध्यम हवाई यातायात हो । यसलाई हामीले बिर्सनु हुन्न ।

१५. नेपालमा अहिले सम्म जीरो भिजीविलीटीको विमानस्थल छैन । काठमाडौंको पीडा हामीले बेहोरीरहेकै छौं । यसको विकल्प न गौतम वुद्ध विमानस्थल हुन सक्छ न त पोखरा विमानस्थल नै । एउटै विकल्प भनेको जीरो भिजीवलीटी सहितको निजगढ विमानस्थल मात्र हुन सक्छ । निजगढको अर्को कुनै विकल्प छैन । यो नेपालको मध्य भागमा पर्दछ । यो निजगढ विमानस्थलले भारतको समेत ठुलो भूभागलाई प्रभावित पार्न सक्छ । यो विमानस्थल बनेपछि भारतको समेत ठुलो जनसंख्याको लागि पायक पर्ने हुन सक्छ र सेवा दिन सक्छ । त्यसैले यसमा छिमेकी मुलुकको समेत चासो छ ।

१६. निजगढ विमानस्थललाई एउटा अध्ययनले दक्षिण एसियाकै ठुलो र चालु विमानस्थल बन्ने तथा ठुलो व्यापार गर्न सक्ने व्यस्त विमानस्थल हुने देखाएको छ । आज युरोप तथा अमेरीकी विमानहरूदक्षिण एशियाको कुनै पनी मुलुकमा उड्न चाही रहेका छैनन । त्यसका कारणहरू ओपन सेक्रेट छन । हामीले निजगढ अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रियस्तरको सुन्दर विमानस्थल बनाउन सफल भयौं भने संसारभरिका विमान निजगढमा आउने छन । दक्षिण एसिया आउने सारा मानिस तथा पर्यटक नेपालमा ओर्लिने छन र नेपालबाटै बाहीर जाने छन । यसले नेपालको पर्यटन र व्यापारमा गुणात्मक फड्को मार्ने छ । यो फड्को के हुनेछ ? कस्तो हुनेछ ? अहिले भन्नु भन्दा पछि हेर्नु उत्तम हुन्छ ।

१७. यो विमानस्थलले प्रत्यक्ष रूपमा एक लाख मानीसहरूलाई रोजगारी दिन सक्छ । अप्रत्यक्ष रूपले यसले लाखौ मानीसहरूलाई रोजगार वनाउँछ । उपयुक्त विमानस्थल र आवश्यक फ्लाईटको अभावमा नेपाल आउन चाहने पर्यटकहरू भारत र अन्यत्र गई रहेको अवस्था छ । निजगढ विमानस्थल निर्माणले अन्यत्र जाने पर्यटकहरु समेत नेपालको सुन्दर प्रकृती र संस्कृतिको मजा लिन नेपाल आउने छन । जसले नेपालको पर्यटन वजारमा आश्चर्यजनक क्रान्ती ल्याउनेछ र लाखौं नेपालीले देशमा रोजगारी पाउनेछन । लाखौंको रोजगारी सिर्जना हुनुका साथै देशको आर्थिक विकाशको आधार बन्नेछ र प्रदेश नम्बर दुईको विकासको केन्द्र बन्नेछ । यसर्थ यस अन्तराष्ट्रिय विमानस्थल निजगढको निर्माणमा हामी सबेले हातेमालो गरेर सहयोग गर्नुको विकल्प छैन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्रीलाई संसदीय समितिले अठ्यारोमा पार्न थालेका छन् ।

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…