नारायण थापाभक्तपुर । भक्तपुर जिल्ला व्यापी अन्तर विद्यालय अन्डर–१६ फुटसल गोल कप २०१९ सम्पन्न भएको छ । खेलमा भक्तपुरका निजी र सरकारी विद्यालय गरी २८ वटा विद्यालयको सहभागिता रहेको गोल कपमा प्रथम विनायक स्कुल, दोस्रो हुने ब्लु वर्ड स्कुल र तेस्रो क्यान्डिट स्कुल हुन सफल भएको थियो ।
‘हामी सक्छौं’ भन्ने मुल नाराका साथ युवाका साथसाथ आवाज नेपालको आयोजना, सुर्यविनायक र चाँगुनारायण नगरपालिकाको सहयोगमा र विभिन्न गैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्यमा दोस्रो भक्तपुर जिल्ला व्यापी यु–१६ अन्तर विद्यालय फुटसल गोल कप २०१९ को उद्घाटन रेफ्रिलाई बल हस्तान्तरण गरी प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमको अन्तिम दिन सुर्यविनायक नगरपालिकाका मेयर बासुुदेव थापाले यस किसिमको प्रतियोगिताले जिल्लामा नयाँ र क्षमतावान खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने र समाजमा रहेको असमानता र विभेद हटाउन सकिने बताउनुभएको थियो । समाजमा समानता कायम गर्न मद्दत पुग्ने र हामी सक्छौं भन्ने अभियानको सार्थकता रहने बिश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका संस्थापक दिपेश बिसुङ्केले फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ विद्यालयको सहभागिता रहेको बताउँदै प्रतियोगिताबाट सङ्गकलन रकमबाट बालबालिका र युवाको क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभएको थियो ।
प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ट्रफी, मेडल, प्रमाणपत्र र नगद २० हजार, १० हजार र तेस्रो हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यस्तै खेलमा हाइस्कोरर, बेष्ट प्लिएर र बेष्ट किपरलाई ट्रफी र दुई÷दुई हजार नगद प्रदान गरिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले जानकारी दिनुभयो ।