नेपाली चलचित्रको श्रीवृद्धिका लागि प्रतिवद्ध

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफूहरु सधैं प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि शुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्सको उद्घाटन गर्दे उहाँले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधै नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रित हुँदै आएको बताउनुभएको हो ।

भविष्यमा नेपाली चलचित्रको विकास र सम्मृद्धिका लागि सिर्जनशिलताका साथै प्रविधिको सही सदुपयोग अत्यावश्यक रहेको भन्दै भट्टराईले चलचित्र सम्बन्धि विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । विधेयक बोर्डको वा सरकारको मात्रै नभएको भन्दै उहाँले समग्र चलचित्र क्षेत्रको वृद्धि विकास र यस क्षेत्रका कलाकार, लगानीकर्ता सबैको हित अनुकुल बनाउँदै समग्र नेपाली चलचित्रलाई सम्मृद्धीको बाटोमा डोर्याउने कानुनी दस्तावेज भएकाले सबैको रायसुझावले महत्व राख्ने बताउनुभयो ।

भट्टराईले भारतीय फिल्म अवार्ड आईफा अवार्ड एक निजी टेलिभिजनको आफ्नो कार्यक्रम भएकाले त्यसमा नेपाल सरकारको लगानी हुनु नहुने तर्क गर्नुभयो । हरेक वर्ष भारत बाहिर अवार्ड गर्दै आएको आईफाका आयोजकले यसवर्ष भने भारतमा नै गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

बिहीबारदेखि शुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्था लगायत विषयमा व्यापक छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…