निर्माण व्यवसायी अपहरण गर्ने चारजना प्रहरी नियन्त्रणमा

कास्की । पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका–९
शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१५ का ४२ वर्षीय गौतम थापा, वडा–२, अर्चलबोटकाबस्ने ३४ वर्षीय रोहीत सुनार, वडा–८ का ५० वर्षीय बासुदेव पोखरेल र वडा–१० का ५४  वर्षीय प्रेम बहादुर थापा रहेका छन् । उनीहरुलाई अपहरणमा प्रयोग गरिएका सवारी साधनसहित प्रहरीले पक्राउ गरेको हो ।

निर्माण व्यवसायीलाई नयाँबजारबाट केही व्यक्तिले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयमा खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…