उपराष्ट्रपति र जर्मनी राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा राजदूत रोल्याण्डले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताउनुभयो । उहाँले जनस्तरसम्म फैलिएको सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने बताउनुभयो ।

उपराष्ट्रपतिले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्नुहुँदै जर्मनीको निजी क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गरिदिन आग्रह गर्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार र निजी क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो छ,’ उहाँले भन्नुभयो, ‘जर्मनी सरकार र जर्मनीको निजी क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौं ।’

उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउनु हुँदै भ्रमण वर्ष वैदेशिक लगानीकर्ताका लागि फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो । ‘भ्रमण वर्षमा भ्रमण पनि र लगानीको सम्भाव्यताको अध्ययन पनि होस् भन्ने हाम्रो चाहना छ,’ उहाँले भन्नुभयो, ‘जर्मनीका व्यवसायीहरु भ्रमण वर्षमा भ्रमण गरुन्, लगानीको सम्भाव्यता अध्ययन गरुन् र लगानी पनि गरुन् ।’

उपराष्ट्रपतिसँगको भेटमा जर्मनीको राजदूत रोल्याण्डले जर्मनीको निजी क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताउनुभयो । ‘नेपालले नयाँनयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ,’ उहाँले भन्नुभयो, ‘अक्टुबर २ मा जर्मनीको ६० वटा कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरु लगानीको सम्भावना अध्ययन गर्नेछन् ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।