३४ परिवारलाई नयाँ घर हस्तान्तरण

झापा । मुन्सी बस्ती र मुसहर बस्तीका ३४ परिवारलाई बिर्तामोड नगरपालिकाले बिहीबार नयाँ घर हस्तान्तरण गरेको छ । बिर्तामोड–७ का विपन्नको घर नगरपालिकालाई विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

बिर्तामोड नगरपालिकाले घर निर्माणमा प्रति घर ७५ हजार, सहारा नेपाल २५ हजार र ह्याविटाट फर ह्यूमानिटीको ५० हजार लगानीमा सामुदायिक आवास गृह निर्माण गरिएको थियो । सामान्य झुप्रो घरमा जीवनयापन गरिरहेका परिवारलाई पक्का पिलर सहितको टिनको छानो भएको घर उपलब्ध गराइएको छ ।

दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका परिवारलाई नगरपालिकाको अगुवाईमा निर्माण गरिएको घर औपचारिक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद् एकराज कार्की, बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटी र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

मुन्सी बस्तीका ८३ वर्षीया मुखिया मुन्सी मुर्मूले झुप्रो घरमा जीवन बिताइरहेका थिए । उनले भने, ‘घर पाइन्छ भन्ने सपनामा पनि देखेको थिइँन, सरकारले घर बनाइदियो, अब छोराछोरीलाई गरिखान सजिलो हुनेभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…