भीषण आँधीका कारण ५० को मृत्यु, २५ सय बेपत्ता

काठमाडौं । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण ५० को मृत्यु हुनुका साथै  दुई हजार पाँच सयभन्दा बढी वेपत्ता भएको जनाइएको छ ।

भीषण आँधीका कारण बेपत्ता भइरहेकाको जीवितै उद्धार गर्न सकिने आशा मारेको उद्धारकर्ताले बताएका छन् । उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

गत शुक्रबारसम्म आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही शवहरु भेटिएपछि मृतकको सङ्ख्या ५० पुगेको बुधबार बताइएको छ ।

बहमास द्वीपका नागरिकका लागि डोरियन ‘इतिहासकै दुःखान्त’ भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताउनुभएको थियो । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन्।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।