तपाईंको यो साता (भदौ २९ देखि असोज ४ गतेसम्मको राशिफल)

मेष– साताको शुरुमा यात्रामा खर्च हुनेछ । सामाजिक कार्य तथा धार्मिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट भने फाइदा एवंआफन्तजनबाट फाइदा मिल्नेछ । नयाँ सवारीको सुख एवं नयाँ मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा प्रेममा प्रगति एवं आम्दानीको स्तर वृद्धि हुनेछ । शुरु गरेको काममा सफलता मिल्नाले उत्साह थपिनेछ । साताको अन्त्यमा भने धनको कारोबार बढ्ने, सामूहिक भेटघाट हुने र कुटुम्बसँग सहकार्य बढ्नेछ ।

वृष–साताको शुरुमा व्यापारमा राम्रो प्रगति हुनेछ एवं अचानक फाइदा  मिल्नेछ । आर्थिक सहयोग मिल्नाले अधुरा काम शुरु हुनेछ । साताको मध्यमा भने सामान्य खर्च हुने, शारिरीक अस्वस्थता बढ्ने एवं सर सामान हराउन सक्नेछ । मित्रतामा आँच आउन सक्ने एवं प्रेममा समस्या हुनेछ । साताको अन्त्यमा भने छोटो यात्रा हुने, मनोरञ्जनमा खर्च बढ्ने एवम नयाँ स्थानको भ्रमण हुनेछ । काममा भने अलमल तथा मान सम्मानमा सामान्य आघात पुग्नेछ ।

मिथुन–सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । ठूलाबडा व्यक्तिसँगको भेटघाटले  समस्या हटेर जानेछ । काममा प्रशंसा मिल्ने एवं प्रतिष्ठामा वृद्धि हुनेछ । साताको मध्यमा भने कृषि एवं पशु चौपायाबाट फाइदा तथा मातृवर्गबाट राम्रो सहयोग मिल्नेछ । व्यापार राम्रो हुनाले ऋणको भार कम हुनेछ । साताको अन्त्यमा भने अनावश्यक बोझ आइपर्ने एवं आर्थिक क्षति हुनेछ । हिसाब किताब गडबड हुनाले सामान्य वादविवाद पर्न सक्नेछ । खानपिन एवं मनोरञ्जनमा खर्च बढी देखिन्छ ।

कर्कट–धार्मिक काममा व्यस्तता बढ्नेछ । सामुहिक भेटघाट हुने एवं साथीभाइसँग नयाँ कामको योजना बन्नेछ । पुराना अधुरा काम शुरु हुने एवं वैदेशिक कार्यमा प्रगति देखिन्छ । साताको मध्यमा भने राजनीतिक क्षेत्रमा प्रगति एवं जिम्मेवारी थपिनेछ । नयाँ मित्रसँग भेटघाट एवं काममा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने राम्रो आम्दानी हुने, धनको कारोबारमा वृद्धि हुनाले आर्थिक स्थिति मजबुत हुने तथा आकस्मिक लाभको सम्भावना देखिन्छ ।

सिंह–साताको शुरुमा अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यमा समस्या देखिने एवं नजिकका आफन्तबाट धोका हुन सक्नेछ । साताको मध्यमा भने लामो यात्रा गर्नुपर्ने, सामाजिक एवं धार्मिक व्यस्तता बढ्ने तथा परोपकार एवं सेवामुलक काममा योगदान बढ्नेछ । साताको अन्त्यमा भने जागिरमा प्रगति देखिने, पदवृद्धि हुने एवं  जिम्मेवारी थपिनेछ । ठूलाबडाको साथ मिल्नाले विरोधी तल पर्नेछन् ।

कन्या– रमाइलो यात्रा हुनेछ । पारिवारिक भेटघाट एवम प्रेममा प्रगति देखिन्छ । सन्तानको सुख मिल्ने एवं साझेदारी काममा नयाँ योजनाको सुरुवात हुनेछ । व्यापारमा प्रगति एवम व्यावसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या देखिने एवं अपगाल आउन सक्नेछ । साताको अन्त्यमा भने अधुरा काम पूरा हुने, अरुको साथ पाइने एवम धार्मिक यात्रामा खर्च हुनेछ ।

तुला– वादविवादमा परिन सकिनेछ । गुप्त शत्रुको भय एवं प्रतिस्पर्धा बढी हुनेछ । स्वास्थ्यमा भने सुधार आउने एवं अधुरा कामबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने साथीभाइ भेटघाट, प्रेमिप्रेमिकाबीच आपसी सम्बन्ध बढ्नेछ । प्रियजनसँग भेट एवं यात्राको रमाइलो मिल्नेछ । व्यावसायमा प्रगति हुनाले नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने काममा बाधा, शारिरीक बिसञ्चोपना बढ्ने एवं मानसिक तनाव थपिनेछ ।

वृश्चिक– विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीत एवं साहित्यमा रुचि बढ्नेछ । आम्दानी बढ्ने एवं सन्तानबाट सहयोग मिल्नेछ । साताको मध्यमा भने अनावश्यक झमेला आइपर्ने, सामान्य स्वास्थ्य बाधा एवं मुद्दामामिलाको झन्झट हुन सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवं स्थान परिवर्तन हुनेछ । काममा भने प्रशंसा मिल्ने तथा जग्गा जमिनको कारोबारबाट फाइदा मिल्नेछ ।

धनु–परिवारमा विवाद आउनेछ । घरायसी झमेला थपिनाले मानसिक चिन्ता हुने देखिन्छ । चिसोको समस्या एवं मुटु सम्बन्धी विसञ्चो बढ्नेछ । विद्यामा प्रगति एवं सन्तानबाट खुशियाली मिल्नेछ । व्यापारमा सोचेको जस्तो आम्दानी एवम धन लाभको योग रहनेछ । सांगीतिक क्षेत्रमा प्रगति एवं नयाँ साथीभाइसँग यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने खर्च बढ्ने एवं खानपिनको सुख
मिल्नेछ ।

मकर–काममा जिम्मेवारी आउनेछ । नयाँ कामको सुरुवात हुने एवमा छोटो यात्राको तय हुनेछ । व्यस्तता बढ्नाले व्यक्तिगत काम थाती रहनेछ । साताको मध्यमा पारिवारिक चिन्ता बढ्ने एवम घरका सदस्यसँग वादविवाद हुनसक्नेछ । स्त्री पक्षसँग मनमुटाव हुने एवम चिसोको
असर देखिनेछ । साताको अन्त्यमा भने आम्दानीको स्तर बढ्ने, धनको कारोबारमा वृद्धि हुने एवम धार्मिक कार्यमा खर्च बढ्नेछ ।

कुम्भ– भोजनको सुख मिल्ने एवम आफन्तजनबाट सहयोग आउनेछ । इष्टमित्र भेटघाट एव रमाइलो गरेर साताको शुरुवात हुनेछ । साताको मध्यमा भने छोटो यात्रा हुने एवं दाजुभाइपक्षबाट सहयोग मिल्नेछ । बन्धुजनको सहयोगले काममा प्रगति मिल्नेछ । सञ्चार क्षेत्र एवं प्राविधिक क्षेत्रमा प्रगति हुनेछ । साताको अन्त्यमा भने चिसोको समस्या एवं मित्रसँग सामान्य भनाभन पर्नेछ । प्रेममा विवाद एवं आफन्तमार्फत काममा समस्या आउन सक्नेछ ।

मीन– खुशियाली बढ्नेछ । नयाँ सामान किनमेलमा खर्च हुने एवं यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाइदा एवं सभा, सेमिनारमा
व्यस्तता बढ्नेछ । भोजको सुख एवं आफन्तसँग रमाइलो मिल्नेछ । धन एवं बोलीको प्रभाव बढ्नाले व्यवसायमा सहजता आउनेछ । साताको अन्त्यमा भने भातृ सहयोग मिल्ने, काममा व्यस्तता बढ्ने, जागिर एवं रोजगारमा जिम्मेवारी थपिनेछ । वैदेशिक यात्राको योग एवं प्रियजन भेटघाट हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।