देशभर ७३ स्थानमा सहुलियत पसल

काठमाडौं । सरकारले चाडबाडलाई लक्षित गरी देशैभर ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । पसलबाट उपभोक्ताले सहुलियत हुन्छ भनेर खुशी हुन खोज्नु र सरकारी लक्ष्य प्राप्त गर्न सकिनेमा नागरिकमा आशंका व्याप्त रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थानमार्फत् सरकारले चाडपर्व लक्षित गर्दै घुम्ती पसलसहित झण्डै बीसको संख्यामा सहुलियत पसल उपत्यकाभित्र सञ्चालनमा ल्याएको छ । देशैभर ७३ स्थानमा यस्ता पसल सञ्चालनमा आएका छन् । करिब पौने तीन करोड जनसंख्यालाई सरकारी सहुलियत पसल उही परम्परा धान्ने कार्य भन्दा केही भएको जस्तो देखिन्न । सरकारीस्तरबाट यसलाई स्विकार गरिएको छ ।

सरकारले बजार हस्तक्षेप गर्न खोजेको भनेपनि सहुलियत पसल न सरकारले चाहेजस्तो छ, न उपभोक्ताले चाहेजस्तो नै । उपभोक्ताले सरकारप्रति गरेको आशा निराशा परिणत मात्र भएको छ । टाढा टाढाका उपभोक्ताले सिमित स्थानमा सञ्चालित सुहलियत पसलबाट कसरी राहत पाउलान र खोई ?

साँच्चै सहुलियत दिने हो भने सरकारले तीन महिना देशभरका पसलबाट विशेष छुटमा उपभोक्तालाई सहुलियतमा वस्तु तथा सेवा उपलब्ध गराउने कार्य गर्न सक्नुपर्छ ।

उपत्यकाको मात्रै कुरा गर्ने हो भने करिब २ लाख पसललाई डेढ दर्जन सहुलियत पसलले कसरी हस्तक्षेप गर्न सक्लान् ? करोडौं खर्चेर चाडबाडमा सकेसम्म उपभोक्तालाई राहत दिउँ भन्ने उद्देश्य राख्ने सरकार आखिरमा सुपथ मूल्य नजिकका सर्वसाधारणलाई राहत दिई दूर दराजका उपभोक्तालाई किन विभेद गरिरहेछ ? सरकारले सर्वसाधारणको यो प्रश्नको उत्तर दिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…