सुत्केरीलाई नगद उपहार, मृत्यु भए ऋण मिनाहा

झापा । विर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारीले सुत्केरीलाई नगद उपहार दिन थालेको छ । सुत्केरीलाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार दिन थालेको हो ।

आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि यस्तो व्यवस्था गरिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताउनुभयो । ‘महिलाले जति बचत गर्छन्, सहकारीले सुत्केरी हुँदा त्यत्तिनै रुपैयाँ दिन्छ’ उहाँ भन्नुहुन्छ, ‘महिनामा ५ सय बचत गर्ने महिलाले सुत्केरी हुँदा ५ सय रुपैयाँ पाउँछ । मासिक ५ हजारजम्मा गर्नेले सुत्केरी हुँदा ५ हजार रुपैयाँ नै पाउँछन् ।’

सहकारीले  नवजात शिशुको निःशुल्क खाता खोल्दै ५ सय देखि ५ हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दङ्गालको भनाइ छ । आर्थिक वर्ष २०७५/७६ मा सहकारीमा आवद्ध ४१ सुत्केरीले नगद उपहार पाएका छन् । सहकारीले त्यसवापत ७७ हजार रुपैयाँ बाँडेको छ ।

सहकारीले आवद्ध सदस्यको मृत्यु भएमा ऋण मिनाहा गर्दै आएको छ । परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६ मा सहकारीमा आवद्ध ५जनाको निधन भएको छ । उनीहरुको४ लाख २८ हजार ५ सय ९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।